चपली हाइटको नयाँ सिरिज बन्दै ?

फिल्म । निर्माता अर्जुक कुमार फिल्म ‘चपली हाइट’ को नयाँ सेरिज बनाउने तयारीमा जुटेका छन् । चपली हाइटको सफलतापछी उनको यसको सिक्वेल बनाएका थिए । यी दुवै सिरिजमा अभिनय गर्ने कलाकारले नेपाली रङ्ग दुनियामा आफुलाई चर्चामा ल्याउन सफल भए । सफल सिरिज मानिने चपली हाइटको लागि यतिबेला निर्माता अर्जुन कुमार कलाकारको खोजिमा छन् । उनले अघिल्लो सिरिज भन्दा फिल्मलाई बलियो बनाउनको लागि ब्राण्डलाई सुहाउने कलाकारको खोजि गरिरहेको चर्चा फिल्मनगरीमा छ ।

किनकी चपली हाइटबाट नै बिनिता बराल , राज घिमिरे र आमिर गौतम चर्चामा आएका थिए । यसैगरि यसको सिक्वेलबाट आयुष्मान डिएस जोशी , पारामिता आरएल राणाले डेब्यु नै गरेका थिए भने मरिश्का पोखरेल चर्चामा आएकी थिइन् । तर यसपटक भने निर्माता अर्जुन स्थापित अनुहारलाई नै लिएर फिल्मलाई निर्माण गर्ने सोचमा छन् । एक भेटमा उनले फिल्म निर्माणको तयारीलाई नकार्न सकेनन् तर कलाकार र प्राविधिकको बारेमा भने बताउन चाहेनन् । अब हेरौ उनले फिल्ममा कसलाई कास्ट गर्छन र निर्देशनको जिम्मा कसलाई दिन्छन ।

कमेन्ट गर्नुहोस्