सलमानले पछि सारे ‘किक २’ , तर ‘दबंग ३’ यसैवर्ष

फिल्म । बलिउडका भाइजान सलमान खानले आफ्नो हिट फिल्म ‘किक’ को सिक्वेलको रिलिज डेट पछी सारेका छन् । फिल्म निर्माता साजिद नाडीयाडवालाले केहि समय आगाडी नै सोसल मिडिया मार्फत फिल्म सन् २०१९ को क्रिसमसमा रिलिज हुने घोषणा गरेका थिए । तर फिल्मको कथा अझै पुरा नभईसकेकोले सलमानले ‘किक २’ अगाडी फिल्म ‘दबंग ३’ को काम सकाउने भएका छन् । सलमानले यसै फिल्म मार्फत चुलबुल पाण्डेको उपनाम समेत पाएका थिए । केहि समय अगाडी देखि नै फिल्मको चर्चा चलेको थियो तर सलमानले समय मिलाउन सकेका थिएनन् ।

अरबाज खानको निर्माण रहने फिल्मलाई प्रभु देवाले निर्देशन गर्दैछन् । आफ्नै भाइको फिल्म भएता पनि सलमानले समय दिनसकेका थिएनन् तर सलमानले फिल्मलाई यसै वर्ष रिलिज गर्ने घोषणा सहित शुटिङको डेट समेत फाइनल गरेका छन् । सलमानले फिल्म ‘भारत’को काम सकाए लगतै दबंग सिरिजमा लाग्नेछन् । फिल्मो प्रमोसन म्याटरलाई पहिला खिचिनेछ , जसलाई सलमानको इदमा रिलिज हुने फिल्म ‘भारत’ मा अट्याच गरिनेछ । सलमानले फिल्ममा आफ्नो अपोजिटमा सोनाक्षी सिन्हालाई नै कास्ट गर्दैछन् ।

कमेन्ट गर्नुहोस्