राहुल र एलिसाको ‘ठ्याक्क ठ्याक्क’ सार्वजनिक (भिडियो)

संगीत । गायिका अन्जु पन्त र गायक टिका बोमजमको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक भएको छ । नेपमेलो नामक युट्युब च्यानलबाट सार्वजनिक गीतमा रवि मान सिंह बस्न्यातको शब्द, टिका बोमजको संगीत छ । यो गीतको भिडियोलाई डान्सिङ नम्बरमा तयार पारिएको छ ।

गीतको भिडियोमा कोरियोग्राफी तथा निर्देशन राहुल शाहको छ । भिडियोमा राहुल शाह र मोडल एलिसा राइले मोडलिङ गरेका छन् । गीतको भिडियोमा दुबैको डान्स जमेको छ । पवन सुस्लिङले यो भिडियोको छायांकन गरेका हुन् । यो गीत र भिडियोले दर्शकलाई छमछमी नचाउने विश्वास राहुल र एलिसाको छ ।

कमेन्ट गर्नुहोस्