नयाँ भर्सनमा प्रकाशको पुरानो गीत (भिडियो)

संगीत । गायक प्रकाश ओझाको स्वरमा रहेको गीत ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ पुन रेकर्ड गरेर नयाँ भिडियो सहित सार्वजनिक गरिएको छ । डम्बर बिकेलको शब्द रचना रहेको गीत केहि बर्ष अघिको चर्चित गीत मध्येको एक हो। यस कमेडी गीतमा संगीत पनि प्रकाश ओझा स्वयम्को अभिनय रहेको छ। सार्वजनिक भिडियोमा प्रकाश ओझाको साथमा कृष्ण शिवाकोटी, बिन्दा खतिवडा, बिनय पौडेल,कमला पौडेल,संचिता मगर,राम कार्की,ललित पहाडी ,प्रेम चौधरी,छत्र दाई लगाएतको अभिनय रहेको छ।

दिब्यराज सुवेदीले छायांकन गरेको भिडियोमा सुप्रिम पराजुलीको सम्पादन,पवित्रा आचार्यको कोरियोग्राफी रहेको छ । बसन्त निरौलाले निर्देशन गरेको भिडीयो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिको छ।

कमेन्ट गर्नुहोस्