शाहरुखको गुमनाम फिल्महरु …

फिल्म । बलिउडका रोमान्स किङ शाहरुख खानको बलिउडमा पछिल्लो समय सफलता हराएको झैँ भएको छ । उनले बलिउडमा २५ वर्ष भन्दा बढी काम गरिसकेका छन् । उनका पछिल्ला केहि फिल्मलाई विर्सिने हो भने लगातार हिट दिइरहेका थिए । तर , केहि समय यता अवस्था फेरिएको छ । यद्दपी शाहरुखको फिल्म भनेपछि मिडिया हाइपको कमि भने हुदैन । तर, शाहरुखको केहि फिल्म यस्ता पनि थिए , जुन शुटिङ हुदा हुदै रोकिएनन मात्र त्यसको चर्चा समेत मिडियामा भएन । आउनुस , केहि फिल्मको चर्चा गरौ ।

अहमक सन् १९९१ मा शाहरुखले ‘अहमक’ नामको फिल्म साइन गरेर शुटिङ थालेका थिए । जसलाई मणि कौलले निर्देशन गरिरहेका थिए । यसमा अयूब खान र मीता वशिष्ठ पनि मुख्य भूमिकामा थिए । यो फिल्म तयार पनि भयो तर सार्वजनिक प्रदर्शनमा आएको छैन । तर यसलाई सन् २०१५ मा आयोजित एक फिल्म फेस्टिभलमा भने प्रदर्शन गरिएको थियो ।

शिखर सन् १९९५ मा उनले ‘शिखर’ नामक फिल्मको छायाँकन थालेका थिए । यसलाई फेमस निर्देशक शुभाष घईले निर्देशन गरिरहेका थिए । भारतीय मिडियामा आएको खबरलाई मान्ने हो भने यसको छायाँकन सुरु पनि गरिएको थियो , जसमा शाहरुखको को-स्टार माधुरी दीक्षित थिइन् । तर, आपसी समझदारी नहुदा सुभाषले फिल्मको छायाँकन नै रोके । पछी यसलाई नयाँ कथामा फिल्म निर्माण गरे ।

किसी से दिल लगाके देखो शाहरुखले सन् १९९६ मा फिल्म ‘किसिसे दिल लगाके देखो’ साइन गरे । लभ स्टोरी फिल्मले दर्शक मन जिती रहेको समयमा यसको नामले नै आकर्षण गर्नु स्वाभाविक नै थियो । यसमा उनिसँगै आयशा जुल्का र मधु पनि लिड रोलमा थिए । तर फिल्मको शुटिङ त सुरु भयो , पुरा हुन् सकेन । केहि कारणवस रोकिएको शुटिङ सुरु नभएपछी यो यतिकै भयो । अन्तत फिल्म नै पूर्ण भएन ।

रश्क शाहरुखले सन् २००१ मा फिल्म ‘रश्क’ साइन गरे । फिल्ममा उनिसँगै बिग बि अमिताभ बच्चन र जुही चावला पनि थिए । फिल्मको छायाँकन पुरा पनि भयो तर फिल्म भने रिलिज हुन् सकेन । फिल्मलाई केहि वितरकले रिलिज गर्ने कोसिस नगरेका पनि होइनन् तर त्यतिबेलाको उनको स्टारडमले काम गरेन र घाटा खाएर वितरकले रिलिज गर्ने आट गरेनन् ।

एक्स्ट्रीम सिटी पछिल्लो समय बलिउडबाट हलिउडमा गएर काम गर्ने धेरैछन् । इरफान खान , दीपिका पादुकोण , प्रियंका चोपडा लगायतले हलिउड फिल्ममा काम गरिसकेका छन् भने अनिल कपूर पनि ‘मिसन इम्पोसिबल’सिरिजमा देखिएका थिए । तर त्यस अगाडी नै शाहरुखले हलिउडमा ट्राइ गरेका थिए । उनले गोप्य रुपमै सन् २०११ मा हलिउड फिल्म ‘एक्सट्रीम सिटी’ छायाँकन गरिरहेका थिए ।

उनि फिल्ममा मुख्य भूमिकामा त थिएनन् तर महत्वपूर्ण रोलमा थिए । उनि फ्यानलाई फिल्मको टिजर सार्वजनिक हुदा सरप्राइज दिन चाहन्थे । मार्टिन स्कोर्सेसेको निर्देशनमा तयार भईरहेको फिल्ममा लियोनार्डो डिकार्पियो पनि थिए । फिल्मको छायाँकन लगभग ३० प्रतिशत भन्दा बढी भईसकेको थियो तर फिल्म निर्माण कम्पनि केहि समस्यामा परेपछि शुटिङ रोकियो । त्यो शुटिङ पुरा हुन् सकेन र शाहरुखलाई हलिउड फिल्ममा हेर्ने फ्यानको सपना अधुरै रह्यो । (एजेन्सी )

कमेन्ट गर्नुहोस्