फिल्म । अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ मंगलबार इमाडोलस्थित घर नजिकको कोर्टमा ब्याडमिन्टन खेल्दा चिप्लिएर लड्दा घाइते भएका छन् । दाहिने कुहिनो भुइँमा ठोक्किँदा कुममा समस्या देखिएको उनले बताए । चोटका बाबजुद उनले बुधबार बिहान हातमा ब्यान्डेज बाँधेर ‘माग्ने राजा’ फिल्मको प्रचारप्रसारका लागि केही हलहरूमा पुगे । तर, असह्य पीडा भएपछि उनी उपचारका लागि एभरेस्ट अस्पताल पुगे ।
डाक्टरका अनुसार केदारको दाहिने हातको क्ल्याभिकलमा ‘चिप फ्र्याक्चर डिस्टल’को समस्या देखिएको छ । उनलाई चार साता हातको पूर्ण आराम गर्न सल्लाह दिइएको छ । केदार अभिनित फिल्म ‘माग्ने राजा’ हाल हलहरूमा प्रदर्शन भइरहेको छ ।
कमेन्ट गर्नुहोस्











