फिल्म । बलिउड अभिनेत्री सारा अलि खानलाई देहाती अवतारमा देख्न पाइने भएको छ । नयाँ फिल्म ‘लव आजकल–२’ को ट्रेलर रिलिज भएसंगै चर्चामा आएकी साराले निर्देशक आनन्द एल रायको फिल्म साइन गरेकी छन् । यो फिल्ममा उनी राँझणा फेम साउथ स्टार धनुषको साथमा देखिने फिल्ममा अलग रूपमा देखिँदै छिन् । यो फिल्ममा उनी एउटी देहाती बिहारी युवतीको भूमिका निर्वाह गर्दै छिन् ।
फिल्ममा उनी भोजपुरी बोल्नेछिन् । सारा अहिले वरुण धवनसँग ‘कुली नं १ को सुटिङ गरिरहेकी छन् । यो फिल्मको सुटिङ सकिएपछि उनी आनन्द एल रायको फिल्मको भूमिकाका लागि वर्कसपमा सहभागी हुने छिन् । भोजपुरी भाषा सिक्न उनले व्यक्तिगत शिक्षक पनि राख्दै छिन् । यो फिल्ममा अक्षय कुमार पनि काम गर्दै छन् । अक्षयले यो फिल्मका लागि एक सय २० करोड पारि श्रमिक मागेका चर्चा छ । यो कमेडीका साथै रोमान्टिक फिल्म हुने बताइएको छ। (एजेन्सी)












