संगीत । केहि समय यता प्रशारण भइरहेको गायन रियालिटी शो आईएमई लोकस्टारको उपाधि सनी विश्वकर्माले जितेका छन् । उनले लोक स्टारको फाइनल राउण्डको तीन प्रतिस्पर्धीलाई पछि पार्दै ५० लाख रुपैयाँ नगद र २५ लाख बराबरको सिटिजन लाइफ इन्स्योरेन्सको जीवन विमा पुरस्कार जितेका हुन् ।
त्यस्तै चेतन गोतामे फस्ट रनर अप बनेका छन् । उनले २५ लाख रुपैयाँ नगद र सिटिजन लाइफ इन्स्योरेन्समा १५ लाखको जीवन विमा पुरस्कार पाएका छन् ।सेकेण्ड रनर अपको पुरस्कार विनोद दनुवारले जितेका छन् । उनले १० लाख नगद र सिटिजन्स लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाख बराबरको जीवन विमा पुरस्कार पाएका छन् । साथै , पर्फमर अफ दि सिजनको उपाधि रामकुमार नेपालीले जितेका छन् ।
तस्वीरहरु : आर्यन बिमली
कमेन्ट गर्नुहोस्










