ओटिटी रिलिजको विपक्षमा अमिताभ र आयुष्मान

फिल्म । कोरोना भाइरसको कारण विश्व अहिले ‘लकडाउन’ मा छ । कोरोना भाइरसको फैलिदो संक्रमणलाई रोक्न लकडाउन गर्दै समाजिक दुरी कायम गर्नु पर्ने भएकोले विश्वकका अधिकांस देश अहिले लगभग बन्द छन् । केहि काम घरबाटै गरिएको छ । स्वास्थ्य र सुरक्षाकर्मी बाहेक लगभग अन्य घरमै छन् । यसैसँगै मनोरंजन क्षेत्र पनि उत्तिकै मारमा परेको छ ।

चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस अहिले विश्वका अधिकांस देशमा पुगिसकेको छ । चीनको केहि फिल्म हल खुलेता पनि अन्य देशमा भने बन्द छ । हलिउड तथा बलिउडका ठुला फिल्महरुले रिलिज रोकिरहेका छन् । यसै बीच केहि फिल्म निर्माताले ओटिटी माध्यमबाट पनि फिल्म रिलिज गर्ने तयारी थालेका छन् । अक्षय कुमार अभिनित ‘लक्ष्मी बम्ब’ र अर्जुन कपूर अभिनित फिल्म ‘सन्दीप और पिंकी फरार’ पछी ओटिटी प्लेटफर्मममा रिलिज हुने सम्भावनामा रहेको फिल्मको रुपमा चर्चा हुँदै गर्दा नवाजुदीन सिद्दिकी अभिनित फिल्म ‘घूमकेतु’ ले रिलिज तय भईसकेको छ ।

यसैबीच शुजित सरकारको निर्देशनमा तयार ‘गुलाबो सिताबो’ पनि डिजिटल प्लेटफर्ममा आउने सम्भावना बढेको छ । फिल्मका निर्माताले अमेजनसँग फिल्मको राइट्सको विषयमा कुराकानी गरिरहेका छन् । केहि समय अगाडी मात्र निर्देशक शुजितले डिजिटल प्लेटफर्ममा फिल्म ल्याउन आपत्ति नरहेको बताएका थिए । ‘मेरो ईच्छा फिल्मलाई हलमै हेरुन भन्ने नै हो तर निर्माताको लगानी परेको छ । अवस्था सामान्य हुन् समय लाग्छ त्यसैले म ओटिटीमा ल्याउन तयार छु’ उनले भने ।

फिल्ममा आयुष्मान खुराना , अमिताभ बच्चन जस्ता दिग्गज कलाकारहरुको अभिनय रहेको छ । यी दुइ भने निर्माण पक्षको यो निर्णयबाट खुसि छैनन् । अमिताभ र आयुष्मान अवस्था सामान्य भएपछी फिल्म हलमै रिलिज होस् भन्ने चाहन्छन् । यद्दपी निर्माण पक्ष भने ओटिटी रिलिज डिलको अन्तिममा पुगिसकेका छन् । सहमति भएमा फिल्मलाई जुनमा दर्शकले हेर्न पाउनेछन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्