‘जय श्री दाम’ ट्रेलर रिलिज (भिडियो)

फिल्म । कमेडी तथा थ्रिल जनरमा निर्मित फिल्म ‘जय श्री दाम’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा मायालु जोडीको प्रेम र दाम कमाउन गरिने थ्रिललाई देखाइएको छ । पृथ्वी उप्रेती र मनोज उप्रेतीद्वारा निर्मित फिल्ममा अमृत ढुंगाना , जेबिका कार्की , प्रमोद अग्रहरी , रञ्जन खतिवडा र बिनोद न्यौपानेको अभिनय रहेको छ । विप्लप उप्रेतीको निर्देशनमा तयार भएको फिल्म पौष २० मा रिलिज हुनेछ ।
कमेन्ट गर्नुहोस्