‘इन्स्टाको फोटो’ सार्वजनिक (भिडियो)

संगीत । काली प्रसाद बास्कोटाको शब्द, सङ्गीत र आवाज रहेको गीत ‘इन्स्टाको फोटो’ सार्वजनिक गरिएको छ । ‘जी २१ डिजिटल’को अफिसियल यु-ट्युब च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा नायक आसिफ शाहको साथमा पछिल्लो समय टिकटकमा रुचाएकी रेश्मा घिमिरेलाई देख्न सकिन्छ । हरि हुमागाईले खिचेको म्युजिक भिडियोलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले कलर र राजेश शाहले भिएफएक्सको काम गरेका छन् । भिडियोलाई असिम शाहले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्