माओत्सेको भिडियोमा पुष्प ( भिडियो)

0 Shares

संगीत । कलाकार हुँदै निर्देशन बनेका माओत्से गुरुङको निर्देशनमा तयार भिडियोमा पुष्प खड्का फिचर्ड छन् । सार्वजनिक ‘छुट्नै पो रैछ क्यारे’ बोलको म्युजिक भिडियोमा पुष्पसँगै जानु पोखरेलको पनि अभिनय रहेको छ ।

गीतमा थानेश्वर गौतम र शान्तिश्री पारियारले स्वर दिएका छन् । प्रभा बर्तौलालले लेखेको यस गीतमा संगीत पनि गायक गौतमले नै भरेका छन् । गीतको भिडियोमा सच्चा प्रेम घर–परिवारका कारण बिच्चैमा छुट्नु पर्दा हुने पिडालाई भिडियोमा देखाइएको छ । भिडियोको छायांकन तथा सम्पादन खिम बहादुर गुरुङले गरेका छन् ।

कमेन्ट गर्नुहोस्