प्रदर्शनको ५१ औँ दिनमा ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’

फिल्म । नेपाली फिल्म ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर वान’ ले प्रदर्शनको ५१ औँ दिन पार गरेको छ । गत शनिवार फिल्मले काठमाडौंको न्यूरोडस्थित रञ्जना सिनेप्लेक्समा शनिबारबाट ५१ दिन पुरा गरेको हो । फिल्मका निर्देशक सौरभ चौधरी, कलाकार नाजिर हुसेन, निर्माता प्रकाश मल्ल र अनिश तामाङ रञ्जना सिनेप्लेक्समा उपस्थित भएर दर्शकसँगै फिल्म हेर्दै ५१औं दिनको खुसियाली सटेका थिए ।

निर्देशक चौधरीले आलोचना र तारिफका बाबजुद फिल्मले प्राप्त गरेको सफलताले आफूसहित आफ्नो टिमलाई उत्साह थपेको बताए । ‘दर्शकको वर्ड अफ माउथले गर्दा हाम्रो फिल्म ५१औं दिनसम्म आएर प्रदर्शनरत छ । दर्शकले देखाउनुभएको मायाप्रति हामी खुशी छौं’, निर्देशक चौधरीले भने ।

उनले आफ्नो समूहले आउँदो वर्ष सन् २०२५ मा नयाँ शिर्षकमा फिल्म बनाउने तयारी गरिरहेको र सन् २०२६ मा ‘द अनब्रेकेबल अगस्त्य : च्याप्टर दुई’ दर्शक माँझ ल्याउने बताए । निर्माता तामाङले आफ्नो फिल्मलाई दर्शकले दिएको मायाले खुशी भएको बताए ।

डार्क हरिस इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा, बेन बस्नेत, शिशिर वाङ्गदेल, सिम्रन खड्का, प्रकाश दाहाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ ।

कमेन्ट गर्नुहोस्