फिल्म । बलिउडका अभिनेता शाहरुख खानले होम प्रोडक्सनको फिल्म ‘जिरो’ पछि काम अन्य फिल्ममा काम गरेका छैनन् । उनले केही निर्देशकहरुसंग काम गर्ने चर्चा भएता पनि घोषणा भने अझै भएको छैन । राजकुमार हिरानी र एटलीसंग काम गर्ने चार्चा हुदै गर्दा शाहरुखले सिद्धार्थ आनन्दसंग काम गर्ने चर्चा बढेको छ । ‘वार’ निर्देशक सिद्धार्थसंग शाहरुखले एक्सन तथा रोमान्टिक फिल्ममा काम गर्न लागेका हुन ।
यसको घोषणा यश चोपडाको जन्मदिन अर्थात सेप्टेम्बर २७ मा हुने बताइऎको छ । यदि उक्त समयमा फिल्म घोषणा भएमा यसको छायांकन पनि नेक्स्ट महिनाबाट सुरु हुनेछ । यशको अन्तिम फिल्म ‘जब तक है जान’ मा शाहरुखले काम गरेका थिए । शाहरुखको करियरको सुरुवाती समयमा यश चोपडाले सहयोग गरेका थिए । यसैले गर्दा पनि शाहरुखले काम गर्ने सम्भावना बढ्दो छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











