जात्रै जात्रा : पुरानै टिजरमा नयाँ डेट (भिडियो)

फिल्म । फिल्म ‘जात्रै जात्रा’ को टिजर सार्वजनिक गरिएको छ । नयाँ प्रदर्शन मिति आउँदो वर्षको जेष्ठ ३ लाई तय गरीएपछी टिमले नयाँ डेट राख्दै टिजर सार्वजनिक गरेको हो । प्रदीप भट्टराईको निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धरलगायतका कलाकारहरुको अभिनय रहनेछ । टिजर दयाहाङ राई पनि देखिएका छन् ।

कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहने फिल्ममा सिङ्गे लामा र यादव पौडेल निर्माताको रुपमा रहनेछन् । शिवराम श्रेष्ठको छायाँकन रहेको फिल्मलाई मित्र डि. गुरुङको सम्पादन रहेको छ । षट्कोण पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्मको कथा ‘जात्रा’ जहाँ सकिएको थियो त्यहीँबाट सुरु हुन्छ ।

Facebook Comments