राजश्रीको फिल्ममा सलमान आउट , कार्तिक इन ?

फिल्म । बलिउडमा अभिनेता सलमान खानलाई स्थापित गर्ने श्रेय जान्छ , राजश्री प्रोडक्सनलाई । सुरज बड्जात्याको डेब्यु फिल्म ‘मैने प्यार किया’ मार्फत नै सलमानले बलिउडमा हिरोको रुपमा पाइला टेकेका थिए । यो फिल्मको सफलतासंगै राजश्री स्थापित मात्र भएन , सलमान पनि स्थापित भए । यतिबेला सुरजक छोराले बलिउडमा निर्देशकको रुपमा डेब्यु गर्दैछन् । उनको डेब्युमा सलमानले सघाउने वाचा गरेका थिए । त्यसैले सुरजका छोरा देवाँश बड्जात्याको फिल्ममा सलमानले अभिनय गर्ने चर्चा बि-टाउनमा राम्रै थियो । तर यतिबेला देवाँशले आफ्नो डेब्यु फिल्ममा कार्तिक आर्यनलाई लिने सोच बनाएका छन् ।

उनले पछिल्लो समय युवापुस्ता माँझ हिट भईरहेका कार्तिक आर्यनसंगै डेब्यु फिल्ममा काम गर्ने सोच बनाएसंगै सलमान केहि रिसाएका छन् । कार्तिकसंग यसै साता सुरज र उनका छोराले भेटघाट समेत गरिसकेका छन् । राजश्रीसंग सलमानको फिल्म घोषणा हुनै लाग्दा भएको कार्तिकको इन्ट्रीले केहि फ्यान खुसि तथा केहि दुखि हुने पक्का छ । तर , के गर्ने सबै समयकै कुरा हो । (एजेन्सी)

कमेन्ट गर्नुहोस्