फिल्म । हिट फिल्म ‘हिन्दी मिडियम’ को सिक्वेललाई दर्शकले प्रतीक्षा गरिरहेका छन् । आउँदो मार्चमा रिलिज हुने फिल्मको ट्रेलर सार्वजनिक भएको छ । दिनेश विजनको निर्माण रहेको फिल्मको ट्रेलरलाई सकारात्मक प्रतिक्रिया मिलेको छ । होमी अडजानिया निर्देशनमा तयार फिल्ममा इरफान खान , राधिका मदान र करीना कपूर खान मुख्य भूमिकामा छन् ।
फिल्म छोरीलाई लण्डनमा पढाउनका लागि एक पिताले गर्ने संघर्षमा फिल्म आधारित छ । सन् २०१७ मा रिलिज भएको फिल्म ‘हिन्दी मेडियम’ लाई समिक्षकसँगै दर्शकले पनि उत्तिकै रुचाएका थिए । शिक्षा प्रणाली माथिको व्यंग रहेको फिल्मको सिक्वेललाई लिएर यतिबेला पनि टिम उत्साहित छ । यसको नाम हिन्दी मिडियम २ राखिने चर्चा थियो तर अन्तत ‘अंग्रेजी मिडियम’ नै नाम राखिएको छ ।
कमेन्ट गर्नुहोस्











