‘शुभ लभ’ बाट उदाएकी क्रिस्टिन (फोटो फिचर)

फिल्म । यसवर्ष फिल्महरुले अपेक्षित रुपमा व्यापार गर्न नसके पनि धेरै नयाँ अनुहार फिल्मनगरीले पाउँदैछ । वैशाखदेखि चैत्रसम्मको फिल्मको लिस्ट केलाउने हो भने धेरै सम्भावना बोकेको नयाँ अनुहारलाई यसनगरीले पाउँदैछ । यसै मध्यकी एक हुन् , क्रिस्टिन पौडेल । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘शुभ लभ’ मार्फत उनि नायिकाको रुपमा फिल्मनगरीमा प्रवेश गरेकी छिन् । सन् २०१७ कि मिस टिन नेपाल क्रिस्टिनले फिल्ममा लभर गर्लकै भूमिकामा छिन् ।

उनको को-स्टार छन् चर्चित युवा ज्योतिषी हरिहर अधिकारी । डेब्यु फिल्ममा राम्रो टिम रहेकोले आश्वादी रहेको बताउने क्रिस्टिन अगाडी भने ब्युटीप्याजेन्टबाट फिल्ममा आएका अधिकांस अनुहारले सफलता पाउँन सकेका छैनन् । मिस नेपालहरु फिल्ममा असफल भइरहदा मिस तिन हुँदै फिल्ममा आएकी प्रियंका कार्की भने सफल कलाकार बनिसकेकी छिन् । क्रिस्टिनले भने विभिन्न अन्तर्वार्ताको क्रममा आफुले अझ सिक्दै अगाडी बढ्ने बताएकी छिन । नयाँ अनुहार खोज्ने निर्माता तथा निर्देशकका लागि ‘शुभ लभ’ मार्फत उदाएकी क्रिस्टिन रोजाईमा पर्छिन् कि पर्दिनन् यो भने आउँदा दिनले नै बाताउनेछ । तर , फिल्मको रिजिल डे आयोजित स्पेसल स्क्रिनीङमा उनले राम्रै प्रसंसा बटुलीन् ।

वुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता श्री प्रदीपकुमार उदय हुन् भने यसलाई पुराना निर्माता तथा निर्देशक सन्तोषबाबु लोहनीले निर्देशन गरेका छन् । यसमा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । यस फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, डाक्टर सुर्या थापा, अनुज पाण्डे लगायतका कलाकारहरु पनि मुख्य भुमिकामा छन् । यसमा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

तस्वीरहरु : आर्यन बिमली

कमेन्ट गर्नुहोस्