मेलिनाको गीतमा अलिशा र पुस्कर (भिडियो)

जयहोस् । मेलिना राई र गोविन्द चेमजुङको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार सार्वजनिक गरिएको ‘आना सुक्का’ बोलको गीतमा तारा प्रकाश लिम्बुको संगीत रहेको छ। राम जन सुब्बाको शब्द समावेश उक्त गीतलाई शहास शाक्यले एरेन्ज गरेका छन्। शान थापाको निर्देशनमा तयार भएको उक्त भिडियोमा अलिशा राई र पुस्कर दाहाल फिचरिङ छन्। भिडियोमा राजिव समरको नृत्य निर्देशक रहेको छ। अर्जुन तिवारीले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्। भिडियोमा सुरेश काफ्लेले ड्रेन चलाएका छन्।
कमेन्ट गर्नुहोस्