‘ओह माई गड’ मा अक्षय पनि निर्माता ?

0 Shares

फिल्म । बलिउडमा रुचाइएको फिल्म मध्येको एक हो ‘ओह माई गड’ । फिल्ममा परेश रावल , अक्षय कुमार , मिथुन चक्रवती लगायतको अभिनय रहेको थियो । फिल्मले उठाएको विषयलाई दर्शकले रुचाए । कसरी धर्मका नाममा पछिल्लो समय केहिले आफ्नो व्यापार फस्टाएका छन् भन्ने यसमा देखाइएको थियो । कारण , यहि थियो फिल्मले चर्चा पायो । कन्सेप्ट पनि केहि नयाँ थियो ।

यो फिल्मको सफलताले पनि यसको नयाँ सिरिज दर्शकको पर्खाइमा छ । यसैबीच नयाँ सिरिज बन्ने चर्चा बढेको छ । केहि समय यता फिल्मको बारेमा चर्चा भएता पनि पछिल्लो समय फिल्म यसै वर्ष छायांकनमा जाने खबर आएको हो । भारतीय मिडियाका अनुसार फिल्मका निर्माता अश्विनी बर्देसँग अक्षयले कन्सेप्ट लक गरिसकेका छन् । फिल्मको कन्सेप्टको बारेमा अक्षयसँगै अश्विनीले परेशसँग पनि सल्लाह गरेका छन् ।

अक्षय समेत निर्माता रहने फिल्मको छायांकन आउँदो अप्रिलमा गर्ने तयारी भइरहेको समेत बताइएको छ । अक्षय पनि आफ्नो सफल फिल्मको नयाँ सिरिजलाई दर्शक माँझ पुर्याउन चाहन्छन । फिल्म सानो बजेटमा बन्ने भएकोले पनि यसको काम यसैवर्ष सकिने र आउँदो वर्ष रिलिज गर्ने तयारी अक्षयको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्