अन्जुले बिन्तिसँग गाइन ‘माया त यस्तो…’ (भिडियो)

जयहोस् । पछिल्लो समय पाश्र्व गायनमा व्यस्त रहेकी गायिका अञ्जु पन्त सुगम संगीतमा आधारित आधुनिक गीतमा पनि उत्तिकै सक्रिय छिन् । यसपटक गायिका पन्तले अमेरिकामा बसोबास गरिरहेका गायक बिन्ति कुमार गुरुङसंग आधुनिक शैलीकै यूगल गीत गाएकी छिन् । ‘माया त यस्तो…’ शीर्षकको यूगल गीतको म्युजिक भिडियो बुधवार सार्वजनिक भएको छ । मनोज साङसन राईद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु एमडि फिरकले रचना गरेका हुन् । उक्त गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । यो गीत भरखरै सार्वजनिक भएको गीति एल्बम ‘बिन्ति’ मा समावेश छ । शान थापाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अनुराग र आशाले अभिनय गरेका छन् । राजीव समरद्वारा कोरियोग्रँफी गरिएको उक्त भिडियोलाई प्रकाश गुरुङ ‘कास’ ले छायांकन गरेका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने यसमा विकास ताम्राकारले ड्रोन सञ्चालन गरेका छन् । भिडियोमा अभिनय गर्ने कलाकारहरु कमल मानन्धरद्वारा डिजाइन गरिएका पहिरनमा सजिएका छन् । यो भिडियो हाइलाइट्सनेपालको च्यानलमार्फत अपलोड गरिएको हो ।
कमेन्ट गर्नुहोस्