भुटानको बोर्डरमा नीलडेविड्स

फेशन । नेपालका अन्तर्राष्ट्रिय हेयर स्टाइलिष्ट नील डेविड कटवाल भारतको पश्चिम बंगालस्थित जय गाउ(भुटानको सिमा) मा पनि पुगेका छन् । डेविडको नीलडेविड्स इन्टरनेशनल यूनिसेक्स सलूनको ६० औं शाखाको आज बुधवार नीलडेविड आफैंले रिबन काटेर उद्घाटन गरेका हुन् । सन् २०१९ को पहिलो सलून ईन्जिनियर सुनिल अग्रवाल र रिम्पल अग्रवालले करिव २५ लाख भारतीय रुपैया“ खर्च गरेर नीलडेविड्स ब्राण्डको फ्रेन्चाइज सलून खोलेका हुन् ।

नीलडेविड्स ब्राण्डले यतिबेला भारतमा राम्रँे छाप छोड्दै गएको छ । यसका साथै नीलडेविडले नेपाली हेयर स्टाइलिष्ट भएर नेपाललाई पनि चिनाइरहेका छन् । सन् २०२२ सम्ममा भारतमा एक सय वटा सलून खोल्नका लागि नीलडेविडले दिल्लीको शिवमाया ग्रुपसंग सम्झौता गरिसकेका छन् ।

यसका साथै भिनस इन्टरनेशनल ग्रुपले पनि भारतको उत्तर प्रदेशका लागि मास्टर फ्रान्चाइज लिए लगत्तै यही जनवरी १५ ताजमहलस्थित आग्रहमा पनि नीलडेविड्स सलून उद्घाटन हु“दैछ । यसबाहेक भारतको नोयडा, गाजियावाद, झा“सी, मीरुत तथा लखनउमा पनि नीलडेविड्स सलून सञ्चालनको तयारीमा छन् ।नीलडेविड्सको ब्रँण्ड अब नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा पनि लोकप्रिय हु“दैछ भने नेपाली ब्रँण्डको रुपमा बिस्तारसमेत भैरहेको छ ।

कमेन्ट गर्नुहोस्