यस्तो बन्यो ‘ह्यारीकी प्यारी’ ट्रेलर (भिडियो)

फिल्म । जितु नेपाल र साम्राज्ञी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको ट्रेलरमा हरि नामक पात्र कसरी ह्यारी बन्छ र जीवनको सपना पूरा गर्छ भन्ने संघर्षलाई देखाइएको छ । फिल्ममा ह्यारीको भूमिकामा जितु छन् । ‘फिल्मले मलाइ कलाकार बन्ने अवसर दिएको छ । सधै देखिरहेको भन्दा फरक भूमिका गर्दै कलाकारिता देखाउने कोसिश गरेको छु । आफूलाई हाँस्यकलाकार भन्दा माथि राखेर काम गर्ने अवसर पाएको छु”, जितुले भने ।

यो फिल्ममार्फत लामो समयपछि कुनै समयको चर्चित फिल्म कम्पनी भोला रिजाल प्रोडक्सनको पुनरागमन भएको छ । रिजालका पुत्र डा. कपिल रिजालको डेब्यु निर्देशन रहेको फिल्म नेपालीसहित हिन्दी, बंगाली, पञ्जाबी र मराठी भाषामा समेत प्रदर्शन हुने भएको छ । नेपाली संस्करणको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक रिजालसहित जितु र साम्राज्ञी उपस्थित रहे । ट्रेलरमा समावेश एक गीतमा अभिनेत्री रेखा थापाको ठुम्का देख्न सकिन्छ । उनी एक गीतमा प्रस्तुत छिन।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । फिल्म माघ २० मा रिलिज हुनेछ।

डाक्टर कपिल रिजालको प्रस्तुति निर्माण भएको फिल्ममा रिजाल स्वयंमको कथा र निर्देशन तथा सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले मिलेर पटकथा र संवाद लेखेका हुन् । यसमा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन निर्देशन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्