फिल्म । आफ्नो दुई वटै आँखाको ज्योति गुमाएकी दृष्टिबिहिन सृष्टी केसीको जीवनीमा आधारित फिल्म’ब्लाइन्ड रक्स’ लाई युट्युबमा रिलिज गरिएको छ । फिल्म रिलिज भएको झन्डै वर्ष दिनपछि फिल्म युट्युबमा आएको हो । हाइलाइटस् नेपालबाट आएको फिल्मलाई तिन दिनमा झन्डै ४ लाखले हेरिसकेका छन् । आफु ब्लाइन्ड भएता पनि सृष्टिले गरेको संघर्ष प्रेरणादायी छ ।
फिल्मलाई निकेश लिम्बुले निर्माण गरेका हुन् । ‘फिल्मले नेपालमा राम्रो ब्यापार गर्न नसकेता पनि विदेशमा राम्रो व्यापार गरेको थियो’ उनि भन्छन् ‘विदेशमा रहेका नेपालीले मात्र होइन , युट्युबमा आएको प्रतिक्रियाले पनि उत्साहित छौ ।’ फिल्म कहिँ कतै पब्लिसिटीमा चुकेको बुझाइ उनको पनि छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा सृष्टिको भूमिकामा बेनिशा हमाल देखिएकी छिन भने यसमा अर्पण थापा , गौरी मल्ल लगायतको कलाकारको पनि अभिनय रहेको छ ।