‘मेरो लगानी नेपाली फिल्मको लागि हो’

फिल्म । आउँदो शुक्रबारबाट फिल्म ‘पासवर्ड’ प्रदर्शनमा आउंदैछ । नेपाली फिल्ममा बलिउडकि हट गर्ल सन्नी लियोनी भएको कारण चर्चामा छ । फिल्ममा उनको आइटम नृत्य रहेको छ । फिल्मका मुख्य कलाकार मध्यका एक हुन् , बिक्रम जोशी । उनि पछिल्लो समय बेलायतमा बसेर नेपाली फिल्ममा आफ्नी उपस्थिति जनाइरहेका छन् । लन्डन तथा आसपासका सहरमा छायाँकन हुने फिल्ममा उनले सहयोग पनि गर्ने गरेका छन् । यिनै बिक्रम काम विशेषले नेपाल आउँन सकेका छैनन् । तर , उनले रिलिजको क्रममा रहेको आफ्नो फिल्म ‘पासवर्ड’ को विषयमा सञ्चारकर्मीसँग कुराकानी गर्दै जिज्ञाषा मेटाएका छन् ।

उनले प्रविधिको प्रयोग गर्दै जिज्ञाषा मेटाएका हुन् । एक्सन थ्रिलर जनरामा निर्मित फिल्ममा उनलाई एक बिजनेसम्यानको छोराको भूमिकामा प्रस्तुत गरिएको छ । तर उनि इमान्दार र बफादार छन् । ‘मातृभुमिको समस्यासँग सदैव लड्न तयार एक देशभक्ति युवकको बलियो भूमिकामा आफुलाई उतारेको छु’ उनले भने । फिल्ममा नेपालबाट धार्मिकस्थलका बहुलुम्य मुर्तिलाई गैरकानुनीरुपमा विदेश लगिने गिरोह कथा छ । यस विषयवस्तुलाई रोज्न पनि बिक्रमलाई मिडियाले नै मदत गरेको हो । ‘यसकिसिमको गतिविधि मिडियामा हेर्न र पढ्न पाइन् , जुन राम्रो होइन’ उनि भन्छन् ‘हामीले फिल्म मार्फत त्यस्ता गतिविधिलाई निरुत्साहित पनि गर्न खोजेका हौ तर फिल्मी शैली मै ।’

पछिल्लो समय अभिनयसँगै निर्माण पनि उतिकै सक्रिय छन् , बिक्रम । के उनले आफ्नो रहरकै लागि लगानी रहेका छन् त ? उनि भन्छन् ‘मेरो लगानीलाई फिल्मको लागि हो भन्छु किनकी हामीले फिल्मलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने कोसिस गरिरहेको छु ।’ उनले विदेशमा छायाँकन गर्ने फिल्ममा आफ्नो सहयोग रहने स्वीकारे । ‘हामीले होस्टेमा हैसे गरेनौ भने गाह्रो हुन्छ र म नेपाली फिल्मको स्तर अझै बढो भन्ने चाहन्छु’ उनले भने । उनले कथा अनुसार फिल्ममा लगानी गरेको बताए । साथै , लगानी बढ्नुको एउटा कारण हुन् सन्नी । उनले राम्रै पारिश्रमिक लिएर यसमा काम गरेकी हुन् ।

‘हामीले केहि समय अगाडी नै उनलाई फिल्ममा अभिनय गराउने तयारी गरेका थियौ तर निर्देशकले बजेट बढ्ने औल्याएपछी स्थगित भयो’ बिक्रम भन्छन् ,’हामीले दोस्रो पटक पनि अफर गर्यौ तर डर थियो हुन्छ भन्ने तथापी उहाले स्विकार्नु भयो ।’ उनले सन्नी भएकै कारण पब्लिसिटी बढेको नकारेनन् तर प्रचारकै लागि राखिएको भने स्वीकारेनन् । ‘हामीले नेपाली फिल्मको चर्चा होस् भन्ने चाहेका हौ , जसलाई सन्नीको सोसल मिडियाले पनि सहयोग गरेको’ बिक्रमले भने । सन्नीले पासवर्डको पब्लिसिटी गर्दासँगै नेपाली फिल्म जोडिने उनको तर्क छ । सन्नी पनि प्रिमियरमा सहभागी हुन् नेपाल आउंदैछिन् । साथै , सेप्टेम्बर २० अर्थात असोज ३ देखि १२ देशका विभिन्न २४ शहरमा प्रदर्शन हुदैछ ।

निर्माता अजित के आर थापा भन्छन् , ‘अमेरिकाको टेक्सास, क्यालिफोर्निया र कोलोराडोमा प्रदर्शन हुने सिनेमा भारतको दार्जिलिङ, सिलिगुरी र सिक्किममा पनि रिलिज हुनेछ ।’ यस्तै अस्ट्रेलियाको सिड्नी, मेलबर्न, ब्रिसबेन, क्यानबेरा, गोल्ड कोस्ट र पर्थसंगै युकेको लण्डन, जापानको टोकियो, योकोहामा र ओसाका, कोरियाको सियोल, युनाइटेड अरब इमिरेटको आबु धावी र दुबई, क्यानडाको क्युबेक सिटी, पोर्चुगलको लिस्बोन, पोल्याण्डको वर्स, जर्मनीको बर्लिन र मलेसियाको क्वालालम्पुरमा सिनेमा रिलिज तय भएको उनले बताए ।

एक्सन जनरको फिल्ममा बिक्रमसँगै अनुपविक्रम शाही, बुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारको अभिनय छ । सम्राट बस्नेत निर्देशित फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतकै एक्सन, अमरजीत सिंहको छायाँकन र सौरभ लामाको डिओपी छ । निर्देशक बस्नेत र महेश दवाडीको पटकथा रहेको फिल्मको कथा सिमा गुरुङले लेखेकी छन् । अंकित गौतमको कार्यकारी निर्माण रहेको फिल्ममा निर्माताको रुपमा अमित बस्नेत र हिराल जोशी छन् । भने, युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् । अजित के.आर थापाको सह-लगानी रहेको फिल्मको लाइन प्रोड्युसर सनिश खकुरेल हुन् ।

कमेन्ट गर्नुहोस्