मदनकृष्णले गाए ‘फुलबुट्टे सारी’

संगीत । पछिल्लो समय दर्शक तथा श्रोताको मनमा बस्न सफल गीत ‘फुल बुट्टे सारी’ को नयाँ भर्सनलाई वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले गाएका छन् । मार्मिक लामा र मिलन नेवारको गीतले दर्शकको मन जितिरह्दा गीतका सर्जक गीतकार तथा संगीतकार राजनराज शिवाकोटीले मदनलाई गीतमा स्वर भराउनुका साथै अभिनय समेत गराएका छन् ।

गीतमा मदनलाई साथ् दिएकी छिन् मिथिला शर्माले । यी दुइको जीवनचर्चाको एक दिनको दैनिकी प्रस्तुत गरिएको गीतको भिडियोलाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । लिजेण्डरी भर्सन भनिएको गीतको भिडियोलाई पनि राजेश पुमा राईले नै निर्देशन गरेका छन् । भिडियो रिलिज कार्यक्रममा बरिष्ठ कलाकार हरिवंश आचार्य प्रमुख अथिति रहेका थिए । कार्यक्रममा मदनले हरिलाई र हरिले मदनलाई सम्मान पनि गरेका थिए ।

कमेन्ट गर्नुहोस्