बलिउड । बलिउडका खिलाडी एक्टर पछिल्लो समय एकपछि अर्को फिल्ममा व्यस्त भइरहेका छन् । यतिबेला फिल्म ‘हाउसफुल ४’ को छायाँकनमा व्यस्त रहेका अक्षयले नयाँ फिल्म ‘मिशन मंगल’ साइन गरेका छन् । उनले यो फिल्म निर्माण कम्पनि अन्य तिन फिल्म पनि एकसाथ साइन गरेको खुलासा समेत भएको छ । सोसल विषयलाई लिएर निर्माण गरिने फिल्ममा अक्षयले २ वर्षको अन्तरालमा समय दिनेछन । अक्षयले फिल्मको छायाँकन आउदो वर्षको जुनपछी थाल्नेछन् ।
फिल्ममा मंगलमा पुग्ने मिशन राखेको टिमको कथा देखाइनेछ । यो मिशन ५ वर्ष अगाडी नोभेम्बत ५ कै दिन सन् २०१३ मा लन्च गरिएको थियो । फिल्ममा अक्षयसँगै विधा बालन , सोनाक्षी सिन्हा , ताप्सी पन्नु , शर्मन जोशी , निथिया मेनन रहनेछन । एयरलिफ्ट , ट्वाइलेट : एक प्रेम कथा , प्याडम्यान , गोल्ड जस्ता फिल्ममा अभिनय गरिसकेका अक्षयको केशरी फिल्म पनि सामाजिक विषयवस्तु मै आधरित छ । यिनै अक्षयको यस फिल्म ‘मिशन मंगल’ लाई जगन शक्तिले निर्देशन गर्नेछन भने उनिसँग निर्माणमा निर्देशक आर बाल्कीले सहकार्य गर्दैछन ।
Proud and excited to bring the story of India’s Mars Mission, #MissionMangal to you. Coincidentally the mission was launched on this very date, 5th Nov. 2013. Meet the team and do share your best wishes for our shubh mangal journey. Shoot begins soon 🙏🏻 @foxstarhindi pic.twitter.com/SYfSmoZEdb
— Akshay Kumar (@akshaykumar) November 5, 2018