बेलायतमा फिल्मकर्मीलाई सम्मान

0 Shares

विदेश । बेलयातमा रहेका सक्रिय फिल्मकर्मीहरु सम्मानित भएका छन् । नेपाली कला र संस्कृतिको क्षेत्रमा योगदान दिएको ठहर गर्दै लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । दूतावासमा ‘नेपाली चलचित्र महोत्सव’ आयोजना गरी राजदूत डा दुर्गाबहादुर सुवेदीले अभिनेत्री मिरुना मगर, अभिनेता ध्रुव दत्त, निर्देशकद्वय कुशल श्रेष्ठ र सनमकुमार वैरागलाई सम्मान गरेको हो । उनीलाई नेपाली खुकुरी, पुष्पगुच्छा र मायाको चिनोसहित राजदूतले सम्मान गरेका थिए ।

‘लालपूर्जा’ बाट नेपाली फिल्ममा प्रवेश गरेकी मिरुनाले ‘रोज’,‘च च हुई’, ‘साइनो’ आदि फिल्ममा अभिनय गरेकी छिन् । त्यस्तै बेलालतमा बस्दै आएका ध्रुव दत्तले ‘नाइन ओक्लक’, ‘तीन घुम्ती’ आदि फिल्ममा अभिनय गरेका छन् एक दशक लामो समय बेलायतमा रहेर मिडियाकर्ममा सक्रिय निर्देशक श्रेष्ठले झन्डै तीन दर्जन नेपाली म्युजिक भिडियो निर्देशन तथा छायांकन गरेका छन् । त्यस्तै, सम्मानित हुने अर्का निर्देशक सनमकुमार वैरागले नेपाल तथा बेलायतमा रहेर लामो समय कला क्षेत्रमा योगदान गरेका छन् ।

उक्त महोत्सवमा बेलायतमा निर्मित नेपाली फिल्म, नाटक र म्युजिक भिडियोको प्रस्तुत गरिएको थियो । महोत्सवमा राजदूत सुवेदीद्धारा लिखित ‘दुख्ने मुटु’ र ‘अधर’ बोलका दुई गीतको म्युजिक भिडियो तथा निर्देशक सनमकुमार वैरागद्वारा निर्देशित ‘शून्य’ नामक लघु चलचित्रको लोकार्पण गरिएको थिए ।

कमेन्ट गर्नुहोस्