शहिद परिवारलाई सलमानको सहयोग

फिल्म । गत फेब्रुअरी १४ मा जम्मु कश्मिरमा भएको आतंकवादी हमलामा मारिएका ४० शहिदको परिवारलाई बलिउडका भाइजान सलमान खानले सहयोग गर्ने भएका छन् । उनले हमलापछी नै आफु दुखित रहेको प्रतिक्रिया सामाजिक सञ्जाल मार्फत दिईसकेका थिए । यिनै सलमानले गृह मन्त्रालय मार्फत शहिद परिवारलाइ सहयोग गर्ने भएका छन् ।

उनको संस्था बिइङ ह्युमन फाउन्डेसनले सहयोग गर्ने भएपछी खुसि हुदै गृह राज्यमन्त्रि किरेन रिजिजुले धन्यवाद दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत सलमान र उनको फाउन्डेसनलाई धन्यवाद दिएका छन् । पछिल्लो समय फिल्म ‘भारत’ को छायांकनमा रहेका सलमानले विभिन्न फिल्ममा देशको रक्षकको भूमिका निर्वाह गरेकाछन् । वान्टेड , दबंग , गर्व जस्ता फिल्ममा उनले निभाएको पुलिस अफिसरको भूमिकालाई दर्शकले निकै रुचाएका थिए ।

कमेन्ट गर्नुहोस्