प्रदर्शनको तयारीमा ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’

फिल्म। चलचित्र ‘पासाङ : इन द स्याडो अफ एभरेष्ट’काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै प्रिमियर गरिएको छ। बुधवार आयोजित पत्रकार सम्मेलनमा चलचित्रको प्रदर्शन बैशाख १० गतेदेखि देशभरका क्युएफएक्स अन्तर्गतका चलचित्र भवनमा हुने पासाङ ल्हामु फाउन्डेशनले जानकारी दिएको छ ।

राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही शेर्पाको यथार्थतामा आधारित रहेर अमेरिकी निर्देशक न्यान्सी स्वेन्डसेनले दुई दशक वढी समय मेहनत गरेर चलचित्र तयार पार्नुभएको फाउन्डेशनका अध्यक्ष दावा फुटी शेर्पाले जानकारी दिनुभयो । ‘यो चलचित्र बहत्तर मिनेट लामो छ। सन् २०२२ मार्चमा सान्ता बाबा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियरमा भएको चलचित्रलाई तीसौँ पासाङ ल्हामु दिवशको अवसर पारेर प्रर्दशन गर्न लागेका हौँ’,अध्यक्ष शेर्पाले भन्नुभयो। नेपाली समाजमा दुर्गमका एक अशिक्षित, आदिवासी महिलाले अघि बढ्न गरेको सङ्घर्ष, यसको अवरोध र समाजदेखि परिवारसम्मको सहयोगलगायतका विषय जोडेर समाजलाई रुपान्तरण गर्ने सन्देश चलचित्रले दिने उहाँले बताउनुभयो।

आरोही शेर्पाको दुखद र प्रेरणादायी यात्राको वर्णन गर्ने चलचित्र अन्तराष्ट्रिय क्षेत्रमा भएका तीस वटा चलचित्र सम्बन्धी महोत्सवमा प्रदर्शन भईसकेको छ भने टेलुराइड, कोलोराडो, बान्फ, क्यानडा र बेलायतको केन्डल माउन्टेन महोत्सवमा पुरस्कारसमेत जितिसकेको फाउन्डेसनले जानकारी दिएको छ। फाउन्डेशनले बुधबार आयोजना गरेको प्रिमियरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतका उच्च व्यत्तित्वहरुसहभागी हुनुहुन्थ्यो।

कमेन्ट गर्नुहोस्