‘प्रसाद’ ट्रेलर रिलिज (भिडियो)

फिल्म । सार्वजनिक पहिलो गीत ‘लै लै’ लाई दर्शकले रुचाएपछी फिल्म ‘प्रसाद’ युनिटले ट्रेलर सार्वजनिक गरेको छ । गायन रियालिटी शो ‘नेपाल आइडल’ मार्फत युनिटले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरमा फिल्मको कथासारलाई देखाइएको छ । गीत मार्फत फिल्मले पाएको हाइपलाई ट्रेलर बढाउने विश्वास निर्माण टिमको रहेको छ । ट्रेलर फिल्मका तिन पात्र विपिन कार्की , नम्रता श्रेष्ठ र निश्चल बस्नेतमा केन्द्रित छ । जसको मध्यमबाट कथालाई भनिएको छ ।

मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो भने यसलाई दिनेश राउतले निर्देशन गरेका छन् । फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् भने यसमा लोकेश बज्रचार्यको सम्पादन रहेको छ । सुवाष र कोशिष क्षेत्रीको पनि संगीत रहेको फिल्ममा हिमाल केसीको द्वन्द छ ।

कमेन्ट गर्नुहोस्