सङ्गीत । फिल्म तथा सङ्ग्रहका गीतसङ्गीतमार्फत दर्शक तथा श्रोताको प्रिय बनेका सङ्गीतकार तथा गायक अर्जुन पोखरेलले मोडल तथा अभिनेता राज कटवालसँग सहकार्य गर्ने भएका छन् । आफ्नो कम्पनि द डिभाइन म्युजिकमार्फत राजले अर्जुनसँग पाँच भिडियोमा सहकार्य गर्ने बताए ।
यी दुईको सहकार्यमा तयार भएको‘मेसो मिलाएर’ बोलको गीत हिट भएपछि थप सहकार्य घोषणा गरिएको हो ।
‘मेसो मिलाएर’ गीत हिट भएसँगै राज र अर्जुनबिच पुनः सहकार्य हुने भएको छ । अर्जुनको कम्पनी द डिभाइन म्युजिकले तयार पार्ने ५ वटा भिडियोमा राजले काम गर्ने गरि संझौता भएको छ । सम्झौता पत्रमा गर्दै दुबैले उत्साह व्यक्त गरेका छन् । डिभाइनको भिडियोमा काम गर्न पाउँदा आफू उत्साहित भएको राजले बताए ।
कमेन्ट गर्नुहोस्











