शेर्पाको कथामा साउथ इण्डियन फिल्म बन्ने

0 Shares

फिल्म । नेपाली शेर्पाको कथावस्तुमा फिल्म ‘त्रिमाली’ बन्ने भएको छ । साउथ इण्डियन फिल्म मेकर एसके ल्वरेन्सको निर्माणमा तयार हुने फिल्मको ७० प्रतिशत छायांकन नेपालमा हुनेछ । एन्जल मारिया फिल्मको व्यानरमा निर्माण हुने फिल्ममा नेपालका निर्माता सरोज न्यौपानेले पनि सहकार्य गर्नेछन् । उनको प्रोडक्सन हाउस अनन्या फिल्म्स पनि निर्माताको रुपमा रहनेछ ।

‘हामी नेपालको कथालाई देखाउन चाहन्छौ’ निर्माता एसके भन्छन् ,’त्यसैले हामीले नेपाली कलाकार पनि छनौट गरिरहेका छौँ ।’ उनि आफ्नो टिम सहित झन्डै १ महिना काठमान्डौमा रहेर फिल्मको तयारी गरे । मार्च अन्तिम देखि छायांकन गर्ने तयारी भइरहेको फिल्ममा नेपालका मुख्य केहि कलाकार पनि रहनेछन् । निर्माता मध्येका एक सरोजले नेपाली कलाकार राख्ने बताए ।

‘हाम्रो कथा भएपछी कलाकार पनि हाम्रो रहनै पर्यो’ उनले भने ,’फिल्मको मुख्य केहि कलाकार हाम्रै रहनेछन् ।’ शेर्पाको कथामा फिल्म निर्माण हुने भएकोले पनि मुख्य कलाकार नेपाली हुने सरोजले जानकारी दिए । फिल्ममा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन् । उनको नृत्यसँगै अभिनयलाई दर्शकले हेर्न पाउनेछन् । उनले नृत्य गर्ने गीत भने हिन्दी भाषाका रहनेछ ।

‘स्वस्तिमाको काम अब साउथमा पनि नोटिस हुनेछ’ सरोजले भने । उनका अनुसार राम्रो कलाकारहरु बाहिरी प्रोजेक्टमा जोदिदा फाइदा नै हुन्छ । निर्माता एसके पनि नेपाली कलाकारहरुसँग काम गर्न इच्छुक छन् । ‘हामी हाम्रो संस्कृति आदानप्रदान गर्न आतुर छौ’ उनले भने । राजिव सेट्ठीले निर्देशन गर्ने फिल्मको ७० प्रतिशत नेपालमा र ३० प्रतिशत भारतमा छायांकन हुनेछ ।

फिल्ममा भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मासँगै नेपाली कलाकार माओत्से गुरुङको पनि अभिनय रहने जानकारी प्राप्त छ । निर्माण टिमले फिल्मको थिम मोशन पोस्टर समेत सार्वजनिक गरिसकेको छ । काठमाडौं र मुस्ताङमा फिल्मको छायांकन गरिनेछ ।

कमेन्ट गर्नुहोस्