बक्सअफिसमा ‘जार’ र ‘ऊनको स्वीटर’

फिल्म । आज शुक्रबारदेखि नेपाली बक्सअफिसमा दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आउँदैछन्, ‘जार’ र ‘ऊनको स्वीटर’ । यसअघि प्रदर्शन हुने भनिएको बलिउड फिल्म ‘भूल चुक माफ’ अन्तिम समयमा रद्द भएपछि नेपाली फिल्महरूलाई राहत मिलेको छ । प्रदर्शनको तयारीमा रहेका यी दुवै फिल्म सामाजिक कथावस्तु र मानवीय सम्बन्धमा आधारित ‘सोसल ड्रामा’ हुन् ।

विपिन कार्की र मिरुना मगरको मुख्य भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’ ले देशभर १ सय ९० शो पाएको छ । त्यस्तै, सौगात मल्ल, गीताञ्जली थापा र अनुपविक्रम शाहीको अभिनय रहेको ‘जार’ ले ८६ शो प्राप्त गरेको छ ।

अहिले बजारमा १० वटा फिल्म चलिरहेका कारण नयाँ रिलिज भएका फिल्महरूले पनि शो बाँड्नुपर्ने अवस्था छ । तर पनि यी दुवै फिल्मले पाएको शो संख्यालाई सुखद मान्न सकिन्छ । यदि दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया (वर्ड अफ माउथ) प्राप्त भएमा फिल्महरूले राम्रो व्यापार गर्न सक्ने अनुमान गरिएको छ ।

रिलिजको तयारीमा रहेका दुवै फिल्मको अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । बिहीबार रातिसम्म अग्रिम टिकट बिक्रीले कस्तो आकार लिन्छ, त्यो हेर्न बाँकी छ ।

कमेन्ट गर्नुहोस्