‘ईलाम बजार’ सार्वजनिक (भिडियो)

संगीत । राज लिम्बुले आफ्नो पहिलो गीत ‘ईलाम बजार’ सार्वजनिक गरेका छन् । सुनिल राईको संगीत रहेको गीतमा रोवार्ड सिप्थुन्खा राईको शब्द रचना छ । ज्ञानु राईले खिचेको गीतलाई योगेश दाहालले सम्पादन गरेका छन् ।

बच्चैदेखि गायनमा रुचि राख्ने राज लिम्बुले अहिलेसम्म गाउँने अवसर पाएका थिएनन् । वर्षौसम्म कतारको मरुभूमिमा पसिना बगाएका लिम्बुको नेपाली संगीत प्रतिको लगाव कहिल्यै पनि छुटेन । मरुभूमिमा उनि नेपाली संगीतसँगै आफ्नो कर्म अगाडी बढाईरहेका थिए । अन्तत : पहिलो पटक आफ्नो स्वर रेकर्ड गराउन पाउँदा उनले बच्चैदेखिको सपना पुरा भएको बताए । ‘आज सपना पुरा भएको छ । आगामी दिनमा सपनालाई सार्थक बनाउन लागि पर्नेछु’ उनले भने ।

कमेन्ट गर्नुहोस्