दसैँमै ‘आरआरआर’ ?

फिल्म । कोरोना भाइरसको दोस्रो लहरले असर गरेपछी भारतमा ठुला फिल्म रिलिज हुन् सकेका छैनन् । सलमान खान अभिनित फिल्म ‘राधे’ ओटीटीमा रिलिज गरियो । तर , हल बन्द भएकाले सम्भव भएन । यद्दपी पछिल्लो समय अवस्था सामान्य भएसंगै निर्माताले फिल्म रिलिज बारे तयारी थालेका छन् । यसै सन्दर्भमा ‘बाहुबली’ सिरिज मार्फत विश्वभरका दर्शक माँझ विश्वासलाई बलियो बनाउन सफल निर्देशक एसएस राजामौलीको निर्देशन रहेको पछिल्लो फिल्म ‘आरआरआर’ असोज २७ मा प्रदर्शन हुने घोषणा भएको थियो । यद्दपी भारतमा कोरोना भाइरस को दोस्रो लहर बढेसंगै ठप्प भएको कारण यो फिल्म आउछ कि आउदैन भन्ने चर्चा चलिरहेको छ ।

यसैबीच निर्माण पक्षले सार्वजनिक गरेको एक तस्बीरमा फिल्म घोषित डेटमै आउने संकेत गरेको छ । निर्माण पक्षले सामाजिक सञ्जालमा २ गीत बाहेक फिल्मको छायांकन सकिएको र दुइ भाषामा स्वरांकन समेत भइसकेको जनाएको छ । सार्वजनिक उक्त तस्बीर र देखिएको डेट अनुसार फिल्म अक्टुबर १३ मै आउने अनुमान सहजी गर्न सकिन्छ ।

तेलगुसँगै तामिल , मलायलम , कन्नड र हिन्दी भाषामा रिलिज हुने फिल्ममा जुनियर एनटीआर , रामचरणसँगै अजय देवगन र आलिया भट्टको मुख्य भूमिका रहेको छ । फिल्म ब्रिटिस समयको स्वतन्त्रता सेनानी सीताराम राजुको कथामा आधारित छ । ३ सय ५० करोड हाराहारी निर्माण लागत रहेको फिल्मको प्रतिक्षा विश्वव्यापी छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्