बानेश्वरमा खुल्यो ‘वान सिनेमाज’

21 Shares

फिल्म । अत्याधुनिक सेवा सहित बानेश्वरबाट गौशलातर्फ जाने बाटोमा रहेको नवनिर्मित आइप्लेक्स मलमा मल्टीप्लेक्स हल सञ्चालनमा आएको छ । बिहीबार पर्यटनमन्त्री योगेश भट्टराईले ‘वान सिनेमाज’ नाम दिइएको हलको उद्घाटन गरेका छन् । फोके प्रविधि अपनाइएको ‘वान सिनेमाज’ हलमा ४ सय १० दर्शक क्षमताका दुई अडिटोरियम छन् ।

यो हलमा शुक्रबारबाट फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शन हुनेछ । बिहीबार हलको अवलोकन गर्न फिल्मकर्मी तथा पत्रकारहरुको बाक्लो भीड लागेको थियो । रेखा थापा, दीपाश्री निरौला, श्वेता खड्का, जसिता गुरुङ, धिरज मगरलगायतका कलाकारहरुले हल अवलोकन गरेका थिए । उपस्थितले डिजाइनको प्रशंसा गर्दै यसलाई अन्तर्राष्ट्रियस्तरको बनाइएको बताए ।

दशक अगाडि आइप्लेक्स मल निर्माण भएको स्थानमा शिवदर्शन हल थियो । जसलाई भत्काएर यो मल निर्माण गरिएको हो । बिहीबार फिल्मकर्मी र पत्रकारलाई हलमा थ्रीडी र टुडीको भिजुअल डेमो पनि देखाइएको थियो । ‘वान सिनेमाज’ हलमा सुतेर फिल्म हेर्न चाहने दर्शकका लागि त्यही अनुरुपको सिट पनि राखिएको छ । हलका सञ्चालक तथा फिल्म निर्माता प्रभुका छोरा प्रज्वल राणाले दर्शकलाई फरक रुपमा फिल्म हेर्ने अनुभव लिनका लागि यस प्रकारको सिट राखिएको बताए ।

तस्वीरहरु : आर्यन विमली

तपाईको प्रतिक्रिया