फिल्म । गीतसङ्गीत वा फिल्मको सार्वजनिक ट्रेलर युट्युबको ट्रेन्डिङमा आउँदा खुसी साटने गरिन्छ । किनकि यसलाई उक्त देशमा हेरिएको र लोकप्रिय भएको भन्ने गरिएको छ । यद्यपि त्यसको प्रभाव व्यापारमा कस्तो पर्छ ? यो फिल्म प्रदर्शन नभई भन्न सकिन्न । यो न्यूजतयार पार्दासम्म नेपालको ट्रेन्डिङलाई केलाउने हो भने नम्बर ४ मा ‘बबी जोन’ फिल्म छ ।
अहिले युट्युबको मुभी सेक्सनमा नम्बर एक नम्बरमा सलमान खानको ‘सिकन्दर’, नम्बर दुईमा नेपाली ‘कार्साङ’ र तीनमा एसशङ्करको निर्देशनमा तयार भएको फिल्म ‘गेम चेन्जर’ रहेको छ । उल्लेखित फिल्म रिलिज हुन् बाँकी भएकाले व्यावसायिक रुपमा केहि भन्न सकिन्न । तर, ट्रेन्डिङ नम्बर ४ मा रहेको ‘बेबी जोन’ नेपालसहित विश्वभर प्रदर्शन भईसकेको छ । यसको व्यापार भारतमै पनि ५० करोड पुग्न सकेको छैन ।
यसले ट्रेन्डिङमा आउनु चासोको विषय रहेता पनि लोकप्रियता नहुने प्रस्ट्याएको छ । नेपालमै ट्रेन्डिङमा लामो समय रहेता पनि फिल्मको व्यापार निकै न्यून छ। यसकारण पनि ट्रेन्डिङमा पर्नुले व्यापारलाई बढाउनेमा पूर्ण सहमत हुने अवस्था रहेको छैन । पछिल्लो समय ग्लोबल ट्रेन्डिङमा रहेको गीत ‘रुकुमै कोट’ समावेश रहेको फिल्म ‘खुस्मा’ ले पनि उत्साहजनक व्यापार गर्न सकेको थिएन् ।विश्वभर गीत लोकप्रिय हुँदा यो फिल्म डायस्पोरामा निकै कम प्रदर्शन भयो ।
यसअगाडिका उदाहरण जे जस्ता भएता पनि आउँदो पुस २६ मा प्रदर्शन हुने दुई फिल्म नै नेपालको युट्युब मुभी सेक्सनमा २ र ३ मा छन् । २ मा ‘कार्साङ’ र नम्बर ३ मा ‘गेम चेन्जर’ छ । उल्लेखित फिल्म प्रति दर्शक साचै प्रतिक्षित छन् वा युट्युबमा फ्रीमा हेरिदिएका मात्र हुन् ? यो त आउँदो केही दिनमै बक्सअफिसमा हुने व्यापारले प्रस्ट्याउने छ ।