संगीत । भारतले नेपाली सिमा मिच्दै आफ्नो मनमानी गरेपछि यतिबेला नेपालले नयाँ नक्सा सार्वजनिक गरिसकेको छ । नयाँ नक्सा सार्वजनिक भएसँगै नेपाल र भारतमा भूमिलाई लिएर बहस सुरु भएको छ । नेपाली कलाकारसँगै समाजसेवी सबैले नेपाली नक्सा ठिक रहेको भन्दै भारतलाई जमिन कब्जा बारे नसोच्न आग्रह गरेका छन् ।
नेपाल सरकारले विभिन्न प्रमाण जुटाएर नयाँ नक्सा सार्वजनिक गरेसँगै कुटनीतिज्ञ वार्ता पनि सुरु गर्ने भएको छ । नेपाल सरकारको यो पटकलाई पछिल्लो अभियानलाइ कलाकारहरुले पनि साथ दिईरहेका छन् । भारतले मिचेको नेपाली भूभाग फिर्ता ल्याउन कलाकारहरु गीत मार्फत जुर्मुराएका हुन् । कलाकारहरु बिक्रम शाह, अमृत खाती, राजा राजेन्द्र पोखरेल, गायिकाहरु सिर्जु अधिकारी, अनु अधिकारी लगायतले ‘हाम्रो माटो’ बोलको गीत सार्वजनिक गरेका छन् । गीत मार्फत कलाकारहरुले नेपाली भूभाग फिर्ता गर्न आम नेपालीलाई एक हुन संदेश प्रवाह गरेका छन् ।
अमृत खातिको शब्द, अमृत र राजा राजेन्द्र पोख्रेलको सङ्गीत रहेको गितमा सङ्गीत संयोजन कमल सौरागको रहेको छ । रेकर्डिङ र मिक्सिङ्ग सन्जय शृपालको रहेको गितको निर्देशन र सम्पादन हुम गैरेको रहेको छ । स्वाभिमान रक्षा गर्न समेत सबै एक हुनु पर्ने बेलालाई इङ्गित गरिएको गीतमा स्वर दिएका बिक्रमजंग शाहले दिएका छन् ।











