फिल्म । क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’ को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । बिहबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच आयोजकले ‘टप थ्री नोमिनिज’ सार्वजनिकसँगै सम्बन्धित विधाका प्रतिस्पर्धीलाई प्रमाणपत्र वितरण गरेको छ । अवार्ड अन्तर्गत उत्कृष्ट फिल्मको प्रतिस्पर्धामा ‘प्रसाद’, ‘बुलबुल’ र ‘छक्का पञ्जा ३’ परेका छन् भने उत्कृष्ट अभिनेतातर्फ ‘ए मेरो हजुर ३’ बाट अनमोल केसी, ‘प्रसाद’बाट विपिन कार्की र ‘यात्रा’बाट सलिनमान बनियाँ रहेका छन् । अभिनेत्री तर्फ ‘बुलबुल’बाट स्वस्तिमा खड्का, ‘रोमियो एण्ड मुना’बाट सृष्टि श्रेष्ठ र ‘प्रसाद’बाट नम्रता श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
यस्तै उत्कृष्ट पटकथातर्फ ‘प्रसाद’बाट सुशिल पौडेल, ‘बुलबुल’बाट विनोद पौडेल र ‘छक्का पञ्जा ३’ बाट दीपकराज गिरी मनोनयनमा पर्दा सह- अभिनेतामा ‘ए मेरो हजुर ३’बाट सलोन बस्नेत, ‘छक्का पञ्जा ३’बाट केदार घिमिरे र ‘जय बोले’बाट सौगात मल्ल मनोनयनमा छन् । सह- अभिनेत्रीतर्फ ‘नाइँ नभन्नु ल ५’ बाट प्रियंका कार्की, ‘बुलबुल’ लक्ष्मी बर्देवा र ‘गोपी’बाट सुरक्षा पन्त प्रतिस्पर्धामा छन् । गत वर्ष (२०७५) भरी प्रदर्शनमा आएका फिल्महरु मध्येबाट अवार्डको निर्णायक समितिले उत्कृष्ट तीन प्रतिस्पर्धी चयन गरेको हो । आगामी फेब्रुअरी २२ तारिखमा टोरन्टोमा हुने अवार्ड समारोहमा कुल १२ विधामा अवार्ड प्रदान हुनेछ भने जुरी अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्ड क्रमशः निर्णायक र आयोजकले प्रदान गर्नेछ । हिल्सा इन्टरटेनमेन्ट प्रा. लि. नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी.टी.ए. लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुनेछ ।
प्रतिस्पर्धी विधाहरु (उत्कृष्ट तीन मनोनयन) उत्कृष्ट फिल्म प्रसाद छक्का पञ्जा ३ बुलबुल
उत्कृष्ट निर्देशक बिनोद पौडेल – बुलबुल दीपाश्री निरौला – छक्का पन्जा ३ दिनेश राउत – प्रसाद
उत्कृष्ट पटकथा दीपकराज गिरी – छक्का पन्जा ३ सुशील पौडेल – प्रसाद बिनोद पौडेल – बुलबुल
उत्कृष्ट अभिनेता अनमोल केसी – ए मेरो हजुर ३ विपिन कार्की – प्रसाद सलिनमान बनियाँ – यात्रा
उत्कृष्ट अभिनेत्री स्वस्तिमा खड्का – बुलबुल सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना नम्रता श्रेष्ठ – प्रसाद
उत्कृष्ट सह-अभिनेत्री लक्ष्मी वर्देवा – बुलबुल सुरक्षा पन्त – गोपी प्रियंका कार्की – नाइँ नभन्नु ल ५
उत्कृष्ट सह-अभिनेता सलोन बस्नेत – ए मेरो हजुर ३ सौगात मल्ल – जय भोले केदार घिमिरे – छक्का पन्जा ३
उत्कृष्ट सम्पादन बनिश शाह र मिलन श्रेष्ठ – रामकहानी निमेष श्रेष्ठ – साइँली बिपिन मल्ल – छक्का पन्जा ३
उत्कृष्ट सिनेमाटोग्राफर मानकृष्ण महर्जन – छिरिङ आलोक शुक्ला – लभ स्टेशन पुरुषोत्तम प्रधान – छक्का पन्जा ३
उत्कृष्ट पार्श्व गायिका प्रविशा अधिकारी – फुल होइन काँडा – रोज विन्दु परियार – पहिलो नम्बरमा – छक्का पन्जा ३ अन्जु पन्त – बनकी चरी – प्रसाद
उत्कृष्ट पार्श्व गायक प्रताप दास – फुल होइन काँडा – रोज सुगम पोखरेल – जिन्दगी नै भन्दिन – ए मेरो हजुर ३ रुपक डोटेल – बनकी चरी – प्रसाद
उत्कृष्ट संगीतकार एलिश कार्की – रोज बसन्त सापकोटा – नाइँ नभन्नु ल ५ दीपक शर्मा – छक्का पन्जा ३