‘अभिमन्यु : च्याप्टर १’ कात्तिक २१ मा

फिल्म । नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर १’को प्रदर्शन मिति चौथोपटक परिवर्तन भएको छ । गत असोज १७ गतेदेखि भइरहेको वर्षाले गर्दा देशमा उत्पन्न परिस्थितिक कारण आगामी असोज २४ गते पदर्शन हुने भनिएको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन आगामी कत्तिक २१ मा हुने भएको छ । सरकारले असोज २० गतेसम्म काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाएको छ भने असोज २३ देखि पुनः आन्दोलन हुने चर्चा बढेको छ । सोही कारण निर्माता विनोद पौडेलले फिल्म घोषित मितिमा नआउने जनाउदै नयाँ मिति घोषणा गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत फिल्म कात्तिक २१ मा ल्याउन आफूले सुझाव पाएको जनाएका थिए । यसअगाडि भदौ २७ मा प्रदर्शन घोषणा गरिएको फिल्म जेन जी पुस्ताको आन्दोलनका कारण असोज १३ मा प्रदर्शन हुने भनिएको थियो । उक्त मितिमा प्रदर्शकले शो उपलब्ध गराउन कठिनाई हुने भनेपछि असोज २४ लाई प्रदर्शन घोषणा गरिएको फिल्म पुनः नयाँ डेटमा सर्न लागेको हो ।

सेभेन सिज सिनेमाको ब्यानरमा बनेको यो फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललगायत कलाकारहरू मुख्य भूमिकामा छन् । सुशान्त गौतमको निर्देशन, मदन थापाको क्रिएटिभ निर्देशन तथा मुकेश खनालको लेखन रहेको छ ।

निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता छन् । कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीरज लुइँटेल र सन्देश श्रेष्ठ छन् । लाइन प्रोड्युसर जीवन शाक्य हुन्।शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ तथा मदन घिमिरेको सम्पादन रहेको यो फिल्म दाइजो प्रथा जस्ता सामाजिक मुद्दालाई सस्पेन्सपूर्ण कथामार्फत प्रस्तुत गर्ने सामाजिक थ्रिलर हो ।

कमेन्ट गर्नुहोस्