फिल्म । चलचित्र विकास बोर्डले हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्महरूको बक्सअफिस विवरण सार्वजनिक गरेको छ । बोर्डले एक सूचना जारी गर्दै यही असार ७ गतेसम्मको ‘सिनेपा @ बक्सअफिस’ तथ्याङ्कअनुसारको कमाइ विवरण सार्वजनिक गरेको हो । उक्त विवरणअनुसार यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शनमा आएका फिल्ममध्ये सबैभन्दा बढी कमाइ फिल्म ‘लालीबजार’ ले गरेको छ ।
बोर्डका अनुसार फिल्म ‘लालीबजार’ ले घरेलु बजारमा रु ९ करोड २८ लाख १४ हजार ५०५ बराबरको कमाइ गरेको छ। अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा रहेको उक्त फिल्मले सोही अवधिमा ३ लाख १५ हजार ७१४ टिकट बिक्री गरेको देखिएको छ ।
गत वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ २०८३ सालमा प्रदर्शन भएका फिल्महरूमध्ये बक्सअफिसमा अग्रस्थानमा रहन सफल भएको बोर्डको तथ्याङ्कले देखाएको छ । फिल्ममा अभिनेता रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, विशाल देवकोटा र प्रसंशा सुवेदीलगायत कलाकारको अभिनय रहेको छ ।










