अतुलले सार्वजनिक गरे ‘भारत’ को दृश्य (भिडियो)

फिल्म । यतिबेला बलिउडका भाइजान सलमान खान फिल्म ‘भारत’ को छायाँकनमा व्यस्त छन् । पछिल्लो फिल्म ‘टाइगर जिन्दा है’ सफल भएपछी सलमानले यसफिल्ममा पनि अलि अब्बास जफरसँगै काम गरिरहेका छन् । सलमानले अलिसँग पहिलो पटक ‘सुल्तान’मा काम गरेका थिए । यसले पनि बलिउड बक्सअफिसमा राम्रो कलेक्सन गर्न सफल भएको थियो । अघिल्लो दुई फिल्मले दर्शकको मन जित्दै बक्सअफिसमा रेकर्ड बनाएपछी यस्तिबेला सलमान र अलि सफलताको ह्याट्रिक गर्ने तयारीमा छन् ।

फिल्मको टिजर आउदो जनवरी २६ मा रिलिज हुदैछ , जसलाई लिएर सलमानका फ्यान निकै उत्साहित छन् । यसै बीच फिल्मका निर्माता अतुल अग्निहोत्रीले फिल्मको केहि झलक सार्वजनिक गरेका छन् । उनले ट्विटरमा भिडियो पोष्ट गर्दै टिजरको गणना सुरु भएको बताएका छन् । यस फिल्मलाई सलमानलाई विभिन्न अवतारमा देखाइने निर्देशक अलिले बताईसकेका छन् । फिल्ममा उनको अपोजिटमा कट्रिना कैफ छिन । फिल्म सन् २०१९ को इदमा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्