रक्षा नेपाललाई खाद्यान्न

फिल्म । गत वर्षको डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना भाइरस (कोभिड १९) को कारण अहिले विश्वका अधिकांस देशको जनजीवन प्रभावित छ । सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारी रोक्न सकिने भएकोले विश्वका अधिकांस देश लकडाउनमा छ । नेपालमा पनि गत चैत्र ११ देखि लकडाउन भइरहेको छ । पछिल्लो समय लकडाउनलाई जेठ ५ गतेसम्म पुर्याइएको छ ।

यसैबीच नेपालमा पनि दैनिक श्रम गरेर जीविकोपार्जन गरिरहेका तथा लकडाउनका कारण खाद्यान्न अभाव रहेकालाई सहयोग गर्ने सहयोगी बढिरहेका छन् । यसैक्रममा अगाडी आएकी छिन् अभिनेत्री नम्रता श्रेष्ठ । उनले ‘रक्षा नेपाल’ मा रहेका किशोरीहरुको लागि खाद्यान्न उपलब्ध गराएकी छिन् । उनले रक्षा नेपालमा १५ दिन पुग्ने खाद्यान्न उपलब्ध गराएकी हुन् । ‘हाम्रो सानो प्रयास’ अभियान अन्तर्गत उनी सहयोग सहित सहयोगी मन लिएर पुगेकी हुन् । ‘रक्षा नेपाल’ मा ७० जना किशोरी र बालबालिका रहेका छन् ।

कमेन्ट गर्नुहोस्