‘चङ्गा चेट’ ट्रेलर रिलिज (भिडियो)

जयहोस् । सार्वजनिक गीत ‘गोजीमा दाम छैन’मार्फत चर्चामा आएको फिल्म ‘चङ्गा चेट’ को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलरलाई दर्शकले रुचाएका छन् । ट्रेलर रिलिज कार्यक्रममै रुचाइएको ट्रेलरलाई युट्युब दर्शकले राम्रो लेखेका छन् । बेरोजगार युवाको कथालाई लिएर तयार पारिएको फिल्मलाई दर्शकले रुचाउने विश्वास टिमको रहेको छ । ‘फिल्मलाई राम्रो बनाउने कोसिस गरेका छौ र मेरो अनुभवले यसलाई राम्रो मानिसकेको छ’ निर्माता माधव वाग्लेले बताए । उनले फिल्मले दर्शकलाई पूर्णमनोरंजन दिनेमा विश्वस्त रहन समेत आग्रह गरे । यसैगरी निर्देशक दिपेन्द्र के खनालले पनि दर्शकको रुचाइ अनुसारकै फिल्म तयार पारेको बताए । ‘फिल्मले दर्शकलाई निराश बनाउदैन , पात्रको घटना तथा परिस्थितिले दर्शकलाई मनोरंजन दिन्छ’ निर्देशक खनालले बताए । ट्रेलर रिलिज कार्यक्रममा सन्दीप क्षेत्री , आयुष्मान डिएस जोशी , पारामिता आरएल राणा , संगीतकार राजनराज शिवाकोटी , लेखक प्रदीप भारद्वाजसँगै निर्मात्री शर्मिला पाण्डेको पनि उपस्थिति रहेको थियो । कलाकारहरुले आफ्नो भूमिकाको बारेमा बताए भने निर्मात्री पाण्डेले प्रोजेक्टमा जोडिन पाउदा खुसि व्यक्त गरिन् । फिल्ममा रविन्द्र झा , सुरक्षा पन्त , प्रियंका कार्की , बेनिशा हमाल , अर्पण थापा र ऋचा शर्माको पनि अभिनय रहेको छ । फिल्म असोज १६ मा रिलिज हुदैछ ।

कमेन्ट गर्नुहोस्