‘कोरोनाले अझै १० लाखभन्दा बढीको मृत्यु हुन सक्छ’

विदेश । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) लाई हल्का रुपमा नलिन आग्रह गरेको छ । डब्लुएचओले कोरोन भाइरसको कारण २० लाखभन्दा बढी मानिसको मृत्यु हुन सक्ने बताएको छ । कोभिड–१९ विरुद्धको प्रभावकारी खोप प्रयोगमा आउने अवधिसम्म मृतकको संख्या २० लाख नाघ्न सक्ने डब्लूएचओका आपत्कालीन मामिला प्रमुख डा. माइक र्‍यानले बताएका छन् । उनले अन्तर्राष्ट्रिय सहकार्य नभए मृतकको संख्या त्योभन्दा बढी हुन सक्ने दाबी समेत गरेका छन् ।

भाइरसको उपचार पद्धतिमा सुधार आइरहेका कारण पछिल्लो समयमा भने मृत्युदर घटिरहेको बताएका र्‍यानले अहिलेको गति कायम रहने अवस्थामा खोप तयार हुनुअघि नै थप १० लाख मानिसको मृत्यु हुने सम्भावना औल्याएका छन्  । कोभिड–१९ बाट विश्वभर हालसम्म करिब ९ लाख ९३ हजारको मृत्यु भईसकेको छ  । (एजेन्सी)

कमेन्ट गर्नुहोस्