सर्लाहीमा कति भित्रीए ?

देश । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को कारण विश्वका अधिकाँस देश लकडाउनमा छ । सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारी रोक्न सकिने भएको हुँदा लकडाउन गरिएको छ । भारतमा नेपाल भन्दा झन्डै साता अगाडीनै लकडाउन गरियो । कोरोना भाइरस संक्रमित बढ्दै गएपछि लकडाउन गरिएको थियो । भारतको लकडाउन लम्बिदै गर्दा त्यहाँ काम गर्न गएका नेपाली घर फर्किन थाले ।

तर , उचित व्यस्थापन हुन नसक्दा सिमानामै कयौ दिन अड्किनु समेत पर्यो । यसले गर्दा नेपाल – भारत सिमानासँग जोडिएका जिल्लाको मान्छे कोही मुख्य रोडबाटै नेपाल भित्रिएका छन् भने कोहि सुरक्षाकर्मीको आँखा छलेर । बोर्डरमा समस्या हुने भन्ने सुनेपछि कयौ नेपालीले वैकल्पिक मार्ग अपनाएका पनि छन् । गत बिहीबार र शुक्रबारमात्रै सीमावर्ती १९ जिल्लाबाट १० हजार ४ सय ३६ जना स्वदेश भित्रिएका छन् । वैकल्पिक मार्गको जोड्ने हो भने यो संख्या बढ्न सक्छ ।

प्रभावकारी समन्वयको अभावमा जोखिम मोलेरै लुकीछिपी सीमा नाकाबाट प्रवेश गर्नेहरूको संख्या बढ्दै गएपछि संक्रमण फैलिने जोखिम पनि बढ्दो नै छ । रातको समयमा खोला किनार, जंगल, खेतबारी हुँदै तथा सीमावर्ती भारतीयलाई पैसा तिरेर नेपाल छिर्ने प्रवृत्ति बढ्दो छ । संक्रमणको उच्च जोखिम रहेका भारतीय सहरबाट समूह–समूहमा नेपाल छिरेकाहरूलाई सीमावर्ती जिल्ला वा उनीहरूको गृहजिल्लामा क्वारेन्टाइनमा राख्न व्यवस्थित पहल भएको देखिन्न । सीमावर्ती जिल्ला सर्लाहीमा मात्र दुइ दिन यता ३ सय ९२ जना भित्रिएको खबर छ ।

लुकिछिपी आएकाहरु स्थानीया तहको सम्पर्कमा कमै आउने गरेका छन् । साथै , चेतनाको कमि हुँदा गाउँलेहरुले समेत उनीहरुकै साथ दिन्छन । क्वारेन्टाइनमा बस्ने व्यस्थापन राम्रो नहुदाँ पछिल्लो समय यस्तो समस्या बढेको हो । पछिल्लो केहि दिन यता भारतमा रेल्वे सेवा सुरु भएसँगै बोर्डरमा नेपालीको चाप बढ्दो छ ।

कमेन्ट गर्नुहोस्