फिल्म । पछिल्लो समय बि-टाउनको नयाँ जोडी रनबिर कपूर र आलिया भट्ट चर्चामा छन् । यी दुईको अफेयर अपडेट पनि गसिप बनिरहेको छ भने सँगै शुटिङ गरिरहेका फिल्म ‘ब्रह्मास्त्र’ को कारण पनि चर्चामा छन् । आलियाले कलंकको सेड्युलमा समय मिलाएर यसको पनि शुटिङ गरिरहेकी छिन । सुपरहिरोको लभ स्टोरी भनिएको फिल्मको सेटबाट सार्वजनिक भएको तस्वीर पछिल्लो समय सोसल मिडियामा भाइरल नै भएको छ ।
Ranbir Kapoor and @aliaa08 On the Set’s of #Brahmastra at Bhendi Baazar pic.twitter.com/Mx8F0Ey2KE
— Team Ranbir Kapoor (@RanbirTeam) November 22, 2018
तस्वीरमा आलिया र रनबिर छतमा देखिएका छन् । यी दुईको रोमान्स र कमेडीसँगै दर्शकले एक्सन पनि हेर्न पाउनेछन् । फिल्मलाई रनबिरका साथी आयान मुकर्जीले निर्देशन गरिरहेका छन् । आयानले रनबिरसँग वेक अप सिड र एह जवानी है दिवानी जस्ता फिल्ममा निर्देशकको रुपमा काम गरिसकेका छन् । करण जोहरको निर्माण रहेको फिल्म सन् २०१९ को क्रिसमसमा रिलिज हुनेछ ।
View this post on Instagram