प्रियंकालाई झट्का

गसिप । प्रियंका कार्की नम्बर वान अभिनेत्रीमा पर्थिन् । रेखा थापाले देखाईरहेको हिरोरिजम सकिदै गर्दा प्रियंका उदाईन । उनको फिल्मोग्राफी हेर्ने हो भने हिटभन्दा फ्लप फिल्मकै संख्या बढी छ। तर, उनको मेहनतले फ्लपलाई जित्यो । लामो समय उनी नम्बर वान हिरोइनका रूपमा चर्चामा रहिन् । तर, फिल्मबाट अफर पाउन कम भएपछी उनले निर्देशनको सपनालाई मूर्तता दिन सिरिजको निर्माण-निर्देशनमा पाइला चालिन् ।

उनले निर्माण, निर्देशन, अभिनय, सम्पादन समेत गरेको ‘जस्ट एनोदर लभ स्टोरी’ सिरिज पछिल्लो समय युट्युबमा प्रसारण भइरहेको छ । तर, सिरिजले दर्शकको माया पाउँन सकेको छैन । सिरिज तयार हुदै गर्दा पाएको चर्चालाई समेत यसले समेट्न सकेको छैन । अरू त अरू प्रियंका बलियो मानिने अभिनयमा पनि उनी कमजोर देखिएकी भन्ने प्रतिक्रिया सुनिन् थालेको छ । सिरिज हेर्ने दर्शकले प्रियंकाको भन्दा सृष्टिको अभिनय उत्कृष्ट मानेका छन् ।

विज्ञापन

तिहार लगतै आफ्नै निर्देशनमा फिल्म फ्लोरमा लाग्ने तयारी गरिरहेकी प्रियंकालाई सिरिजको प्रतिक्रियाले केहि अप्ठ्यारोमा पारेको छ । किनकी डेब्यु निर्देशनमै उनले झट्का खाएकी छिन् । निर्देशन सोचेजस्तो सजिलो कहाँ हुन्छ र, प्रियंकाजी !

कमेन्ट गर्नुहोस्