फिल्म । गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मम्मी’ले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ । प्रिमियरमा प्राप्त प्रतिक्रियाले फिल्म हेर्ने दर्शक बढिरहेका छन् । सोही कारण फिल्मका कलाकार हलसम्म पुगेर दर्शक भेटिरहेका छन् । वितरकले शो पनि बढिरहेको प्रतिक्रिया दिएका छन् । ‘हरर साइकोलोजिकल थ्रिलर’ विधामा तयार भएको फिल्मको प्रतिक्रिया लिन अभिनेत्री प्रियंका कार्की ‘मम्मी’ कै आवरणमा हल पुगेकी थिइन् ।
दर्शकबाट राम्रो प्रतिक्रिया पाएपछि निर्माण टिम पनि शनिबारबाट शोसँगै दर्शक अकुपेन्सी पनि बढ्ने विश्वास टिमको थियो । शनिबार पनि देशभरका हलमा फिल्मले दर्शकको राम्रो साथ पाइरहेकाले नै हलले डिमाण्ड अनुसार शोज बढाइरहेको दाबी वितरकको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । यसको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला छन् ।
फिल्मको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संयोजन दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी छन् ।